
काठमाडौं, २९ भदौ । भूकम्पले क्षतिग्रस्त बनेको त्रिपुरेश्वरस्थित दशरग रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगित हुने भएको छ ।
शुक्रबार राजधानीमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडमीले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी माघ ९ देखि १९ गतेसम्म हुने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा नेपालको दुई टिम र चार विदेशी टिम गरि ६ टिम हुनेछन् । प्रतियोगितमा नेपालबाट रातो र नीलो गरी जम्मा दुई टिमले मात्र सहभागिता जनाउनेछन् । त्यस्तै भुटानको यू-२३ टोली पनि आउने बताइएको छ । बाँकी तीन टिमको भने अहिलेसम्म तय नभएको आयोजकले जनाएको छ ।
भूकम्पपछि दशरथ रंगशालामा खेलाइन लागेको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यो प्रतियोगिता लिगको आधारमा खेलाइनेछ । दुई समूहमा ६ टोलीलाई बाँडिनेछ । आयोजकका अनुसार दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्न पाउनेछन् ।
विजेता टोलीले नगद २५ हजार अमेरिकी डलर पाउँछन् भने दोस्रो हुनेले १० हजार अमेरिकी डलर पाउनेछन् ।















प्रतिक्रिया