१२ कार्तिक २०८३, बिहिबार

निलम्वित एसपी विष्ट जहाँ–जहाँ बसे सबै ठाउँमा विवादित

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २९ भदौ । ‘नालायक नेतृत्वले लच्जित बनाएको छ’ भदौ २२ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरमै पुगेर निर्मला हत्या घटनाका सम्बन्धमा एसपी डिल्लीराज विष्टलाई इंगित गर्दै भनेका थिए, ‘दोषी नै मानेर एपसीलाई निलम्बन गरिएको हो, या घटनाले गम्भिर पाठ सिकाएको छ ।

प्रहरी सेवामा प्रवेश गरेपछि अधिकांश समय सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा पोस्टिङ भएका एसपी विष्ट जुन–जुन जिल्लामा कार्यरत रहे, त्यहाँ कुनै न कुनै घटनामा विवादमा परिरहे । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

निलम्बित एसपी डिल्लीराज विष्ट दुई वर्ष दार्चुलामा डीएसपीको रुपमा बसेको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा छ ।

बिष्ट ०६४ पुस ३० देखि ०६६ मंसीर २८ सम्म दार्चुलामा प्रमुख भएर कार्यालय चलाएका थिए ।

उक्त अवधिमा जिल्ला प्रहरी कार्यालयमै कार्यरत महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लगाएर स्थानीयले जिप्रका घेराउ र आन्दोलन भएपछि जिल्ला बाहिर तानिएको स्थानीय बताउँछन् ।

विष्ट जिल्लामा प्रहरी प्रमुख भएको बेला दुहु गाउँपालिका ३ को ब्रहमदेव प्रहरी चौकीमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको थियो ।

‘महिला मामिलामा उनमा कमजोरी थियो’ एक जना स्थानीयले भने, ‘यहाँ बस्दा उनको व्यवहार र कामकारबाही निष्पक्ष नै थियो स्थानीय भएकाले पनि हुन सक्छ ।’