२१ कार्तिक २०८३, शनिबार

नयाँ शक्तिका नेता ढुंगाना सहित २२ जना नेकपामा प्रवेश

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-यज्ञप्रसाद सापकोटा

बर्दिया, २८ भदौ । नयाँ शक्ति बर्दियाका नेता आनन्द ढुंगानाको नेतृत्वमा २२ जना नेपाल कम्युनिष्ट पार्टी (ने क पा) मा प्रवेश गरेका छन् । बर्दियामा आयोजित एक कार्यक्रममा नेता ढुंगाना सहित २२ जना नयाँ शक्ति नेपाल परित्याग गरी ने क पामा प्रवेश गरेका हुन् ।

नेकपाको पार्टी कार्यालय गुलरियामा नेकपाका केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले अविर लगाएर नेकपामा स्वागत गरेका छन् । केन्द्रीय सदस्य ज्ञवालीले समृद्ध र समुन्नत मुलुक निर्माणका लागि नेकपाले अभियान सञ्चालन गरेकोले अन्य पार्टीमा रहेका नेता तथा कार्यकर्ता नेकपाको एकता अभियान सामेल हुन आउनु आफ्नो पार्टी र मुुलुकको लागि सुखद रहेको बताए ।

पार्टी प्रवेश पछि बोल्दै नयाँ शक्तिका नेता आनन्द ढुंगानाले फुटेर नभई जुटेर अगाडी बढ्नुपर्ने आवश्यकतालाई महसुस गरी आफूहरु नेकपाको एकता प्रक्रियामा सहभागी भएको बताए । ढुंगाना सहितका नेताहरु सामुहिक निर्णय गरेर पार्टी प्रवेश गरेका हुन् ।