१२ कार्तिक २०८३, बिहिबार

आर्थिक विवरण नबुझाएका स्थानीय तहको बजेट रोक्का

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । खर्च विवरण (फाँटबारी) नबुझाएपछि बाँकेका चार स्थानीय निकायको बजेट निकासा रोक्का भएको छ ।

गत आर्थिक वर्ष सकिएको दुई महिना बित्न लाग्दासमेत चार निकायले खर्च विवरण नपठाएपछि कोहलपुर नगरपालिका, राप्तीसोनारी, जानकी र डुडुवा गाउँपालिकाको बजेट रोक्का गरिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका कोष नियन्त्रक शम्भुराज आचार्यले आर्थिक वर्ष ०७४–७५ सकिएको एक साताभित्र खर्चको फाँटबारी पठाउनुपर्ने प्रावधान रहेको, तर केही स्थानीय तहले खर्च विवरण नपठाएकाले खाता रोक्का भएको बताए ।

‘पटक–पटक ताकेता गर्दासमेत खर्चको फाँटबारी पठाउन विलम्ब गरेपछि नीति, नियममा टेकेर रकम निकासा रोकेका छौँ,’ कोष नियन्त्रक आचार्यले भने ।

खर्चको फाँटबारी नबुझाउने स्थानीय निकायलाई १० देखि १२ पटक परिपत्र गरिएको उनको भनाइ छ । उनले स्थानीय निकायलाई पूर्वसूचना दिएर बजेट रोक्का गरेको स्पष्ट पारे ।

‘यति दिन भित्र फाँटबारी नपठाए बजेट निकासा गर्न नसकिने जानकारी पहिले नै गराएका छौँ,’ उनले भने । आर्थिक वर्ष ०७५–७६ को बजेट चारवटा स्थानीय निकायलाई निकासा गरिसकिएको छ ।