
काठमाडौं, २७ भदौ । नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ । बुधबार भएको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससँग ३–० ले पराजित भएको हो । जितसँगै माल्दिभ्स फाइनलमा प्रवेश गरेको छ ।
खेलको पहिलो हाफमा नेपाल १–० पछि परेको थियो । दोस्रो हाफमा पनि खेल सुधार्न नसक्दा नेपाल पराजित भएको हो । दोस्रो हाफमा नेपालले पुनः एक गोल खायो ।
खेलको नवौं मिनेटमा माल्दिभ्सका आक्रम अब्दुलले गोल गर्दै अग्रता दिलाए । त्यसपछि वर्षाका कारण केही समय रोकिएको खेल फेरि सुचारु भएको थियो । खेलको पहिलो हाफसम्ममा नेपाल १–० ले पछि रह्यो । खेलको दोस्रो हाफमा केही सुध्रिएको खेल पस्किएको नेपालले गोल भने गर्न सकेन बरु गोल खानबाट पनि जोगिन सकेन । दोस्रो हाफको अन्तिम समयमा सम्हालिन नसक्दा नेपालले थप दुई गोल खायो । माल्दिभ्सका इब्राहिम वाहिदले खेलको ८४ औं र ८६ औं मिनेटमा गोल गर्दै खेल ३–० को स्थितिमा पुर्याएका हुन् ।
बुधबारको हारसँगै नेपालले फुटबलको ईतिहासमा नयाँ किर्तिमान बनाउनबाट भने चुकेको छ । यसअघि चार पटकसम्म सेमिफाइनलबाटै घर फर्केको नेपाल यसपटक पनि सोही नतिजालाई दोहोर्याउँदै घर फर्किन बाध्य भएको हो ।















प्रतिक्रिया