४ कार्तिक २०८३, बुधबार

बालुवाटारमा सुरु भयो नेकपाको सचिवालय बैठक

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । दिउसो ३ बजेलाई बोलाइएको बैठक अबेर सुरु भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पार्टी एकता र सरकार कामकारवाहीका विषयमा समिक्षा हुनेछ ।

बैठकमा तल्लो तहमा पार्टी एकतालाई छिटो टुङ्ग्याउने विषयमा छलफल चलिरहेको छ । केन्द्रीय कमिटी तहमा पार्टी एकता भएपनि विभाग, जनबर्गीय संगठन र आयोगहरुको एकता अझै हुन सकेको छैन ।

यसैगरी प्रदेश, जिल्ला र स्थानीय निकायका कमिटीहरुमापनि एकता टुङ्गिन सकेको छैन । तल्लो तहमा एकताका लागि गठन गरिएका कार्यदलहरुले पेश गरेको प्रतिवेदनहरुका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

सबै कार्यदलहरुबाट प्राप्त प्रतिवेदन कालो पृष्ठभूमिमा बुट्टा कुँदिएको झोलामा हालेर महासचिव पौडेलले लगेका छन् ।

सचिवलाय तहबाट आज एकता सम्बन्धी विषय टुङ्ग्याएर भोलि स्थायी समितिको बैठक बोलाउने नेकपाको तयारी छ । तत्कालीन एमाले र माओवादीबीच गएको जेठ ३ गते एकता भएको थियो ।