४ कार्तिक २०८३, बुधबार

सल्यानमा बाटो बिगार्न खोज्ने मेयर बुढाथोकीको चर्तिकला विरुद्ध प्रदर्शन

9.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजु नेपाली

काठमाडौं, २७ भदौ । सल्यान जिल्लाको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले वडा नं. ७ मा सडकको नक्सा परिवर्तन गरेर घुमाउन खोजेपछि स्थानीयले विरोध गरेका छन् ।

तत्कालीन माओवादी केन्द्रबाट मेयरमा निर्वाचित लोकमान बुढाथोकीले आफ्ना साथी शोभाराम भण्डारीको घरजग्गाामा सडकसँग जोड्ने गरेर नयाँ नक्सा बनाइ पुरानो बाटो मास्न खोजेपछि स्थानीयले प्रदर्शन गरेका हुन् ।

मेयर बुढाथोकीविरुद्ध संघर्ष समिति नै बनाएर आन्दोलनको तयारी भएको छ । मंगलबार दिनभरि मेयर बुढाथोकीका विरुद्ध प्रदर्शन भएको छ ।

बागचौर नगरपालिका वडा नम्बर ७ मा मेयर बुढाथोकीले लफडा निकालेका हुन् । बुढाथोकीले पुरानो बाटोको नक्सा भत्काएर नयाँ स्थानबाट बाटो लैजान खोजेपछि विरोध भएको हो ।
खरिबोट, कोटबाडा, हुँदै थबाङ जोड्ने यो बाटो निर्माणका लागि ४४ करोड बजेट विनियोजन भइसकेको छ ।

मेयर बुढाथोकीले आफ्ना साथी शोभाराम भण्डारीको घरजग्गालाई जोड्नका लागि पुरानो बाटोलाई मासेर नयाँ बाटोको नक्सा बनाएको स्थानीयको आरोप छ ।

मेयर बुढाथोकीको चर्तिकलाको प्रदेश सांसद गुलाबजंग शाह, प्रकाश ज्वाला तथा प्रतिनिधि सभाका सांसद टेकबहादुर बस्नेतले पनि विरोध गरेका छन् ।

स्थानीय भीमप्रकाश शर्मा, कीर्तिबहादुर पुन, लोकबहादुर डाँगी, तिलक मल्ल, टीकाराम ओली, गोविन्द चन्द, लोकेन्द्र चन्द, वडा नं. ७ का वडाध्यक्ष राजेन्द्र ओली र वडा नं. ६ का वडाध्यक्ष भुपेन्द्र ओली, धनराज चन्द, मोहन खड्का, दीपक ओलीलगायतले पनि मेयर बुढाथोकीको क्रियाकलापको विरोध गरेका छन् ।

बाटोको नक्सा परिवर्तन तथा स्थानीयको प्रदर्शनका बारेमा प्रतिक्रिया लिन मेयर बुढाथोकीसँग सम्पर्क गर्दा उनले आफू व्यस्त रहेको भन्दै प्रतिक्रिया दिन मानेनन् ।