
काठमाडौँ, २६ भदौ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापनाको आठ वर्षमा आठ पुस्तक प्रकाशनमा ल्याएको छ ।
प्रकाशनमा ल्याएको पुस्तकमा आर्टिस्ट अफ नेपालको दोस्रो संस्करण, पानीरङ्ग एक दृष्टिकोण अनेक, पुँज्या किफाः सफु, जातीय हस्तकला, थारू लोककला, अवधि लोककला, साँखुका सम्पदा र वास्तुकला, पौराणिक लोककला पुँज्या रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उक्त कृतिको विमोचन गर्दै प्रतिष्ठानले अनुसन्धानात्मक कृतिहरु प्रकाशन गरेकामा खुशी व्यक्त गर्दै आगामी दिनमा कृतिले ललितकलाको अनुसन्धानमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले ललितकला अनुसन्धानको क्षेत्रमा योगदान पु¥याएकोमा प्रतिष्ठानको प्रशंसा गर्दै प्रकाशित कृतिहरु स्तरीय रहेको बताउनुभयो । प्रतिष्ठानका पूर्वउपकुलपति शारदा चित्रकारले ललितकला क्षेत्रको विकास र अनुसन्धानमा विशेष जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो । –रासस












प्रतिक्रिया