२१ कार्तिक २०८३, शनिबार

एक हजार सवारी साधनलाई कारवाही

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, २६ भदौ । भोजपुरमा गत आवमा एक हजारभन्दा बढी सवारी तथा ढुवानीका साधन कारवाहीमा परेका छन् ।

ट्राफिक नियम विपरीत सञ्चालनमा रहेका सवारी तथा मालवाहक ढुवानीका साधन कारवाहीमा परेका हुन् । नियम विपरीत सञ्चालनमा रहेका दुई पाङ्ग्रे र चारपाङ्ग्रे गरी एक हजार तीन सय ७७ वटालाई कारवाही गरिएको छ । तिनमा ५२१ ट्रयाक्टर, ४३२ मोटरसाइकल, ३०० ट्रक, १५७ जीप तथा कार र ३४ बस कारवाहीमा परेको ट्राफिक प्रहरी पोष्ट भोजपुरले जनाएको छ ।

कारवाहीमा परेका अधिकांश सवारी चालकले मादकपदार्थ सेवन गरेको, क्षमताभन्दा बढी भार बोकेको, सिटबेल्ट र हेल्मेट नलगाएको र बिलबुक तथा सवारी चालक अनुमतिपत्रविना सवारी चलाउने गरेको ट्राफिक प्रहरीले जनाएको छ । सबै खालका साधनलाई कारवाही गरेर वापत सात लाख ८७ हजार राजस्व सङ्कलन गरिएको बताइएको छ । -रासस