
काठमाडौं, २६ भदौ । राजधानीको भृकुटीमण्डलमा मंगलबारदेखि नाडा अटो मेला सुरु भएको छ ।
अटो शोमा व्यवसायीहरुले १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्राण्डका २ पाङग्रे सवारीसाधनहरू प्रदर्शनीमा राखेका छन् । यस वर्ष ७१ कम्पनीहरूले अटो शोमा सहभागिता जनाएका छन् । मेलामा १ सय ३४ वटा स्टल रहेका छन् ।
यो नाडा अटो शोको १३ औँ संस्करण हो । सवारी साधनहरुको कुम्भमेलाको रुपमा लिइने अटो शो भदौ ३१ गतेसम्म चल्नेछ ।
अटो शोका केही तस्बिरहरु :
























प्रतिक्रिया