
काठमाडौँ, २६ भदौ । भारतमा बस दुर्घटनामा परी ४५ जनाको मृत्यु भएको छ । तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मंगलबार बस दुर्घटना हुँदा अन्य कैयौं घाइते भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
उक्त बस कोन्डागाटु अन्जनेया स्वामी मन्दिरबाट तीर्थयात्रु लिएर फर्कदै थियो । यात्रुले खचाखच भरिएको राज्य सञ्चालित बस गहिरो खोचमा खसेको जनाइएको छ । मृत्यु भएकामा अधिकांश महिला रहेको जनाइएको छ ।
घाइतेहरुलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ ।















प्रतिक्रिया