२१ कार्तिक २०८३, शनिबार

मुख्यमन्त्री पौैडेलले गरे भीमफेदी कारागार अनुगमन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २६ भदौ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार मकवानपुरको भीमफेदीमा रहेको कारागारको निरीक्षण गरेका छन् । कारागार पुगेर मुख्यमन्त्री पौडेलले कारागारको अवस्थाका बारेमा पनि जानकारी लिए ।

कारागारमा देखिएका समस्याहरुको निराकरण गरिने मुख्यमन्त्री पौडेलले बताए । बिचौलियाका कारण कारागारभित्र समस्या देखिएको भन्दै मुख्यमन्त्री पौडेलले यसको सामाधानका लागि कारागारबाट सोझै सामान खरीद गर्ने व्यवस्था मिलाउन कारागार प्रशासनलाई निर्देशन समेत दिए ।

यसैगरी कारागारमा विद्यालयको स्थापनाका लागि प्रदेश सरकारले एक जना शिक्षकलाई तलब समेत व्यवस्था गर्ने बताए । यस्तै कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेललले असोज १ गते देखि कारागार प्रदेशको मातहातमा आउने तयारी भईरहेको जानकारी दिए ।