२ कार्तिक २०८३, सोमबार

सलाम एयरलाइन्सको जीएसए व्यवस्थापनमा आइएमर्ई ग्रुप

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ भदौ । आइएमई ग्रुपले सलाम एयरलाइन्सको सेवालाई नेपाल भित्राएको छ । मङ्गलबार विहान सलाम एयरको पहिलो उडान अवतरण भएसँगै यसले अवदेखि काठमाडौं–मस्कट गन्तव्यका लागि नियमित उडान भर्नेछ । एयरलाइन्सको जीएसए (जनरल सेल्स ऐजेन्ट) व्यवस्थापन आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इन्टरनेशनल ट्राभल प्रालिले गर्नेछ ।

ओमानको पहिलो बजेटक्यारियरको रुपमा सन् २०१६ मा स्थापना भई ३० जनवरी २०१७ देखि आफ्नो व्यवसायिक यात्रा सुरु गरेको सलाम एयरलाइन्सले मस्कटलाई आफ्नो हब बनाई १७४ सिट क्षमता रहेको एयरबस ३२०/२१४ द्धारा हालसम्म ढाका, बाकु, टिवलिस, दोहा, दुवई, सिलकोट, मुल्तान, कराँची, खार्तुम, जेद्दालगायत १३ वटा साथै सलाल र सुहार गरि २ वटा आन्तरिक क्षेत्रमा उडान भर्दै आएकोमा काठमाडौं थप गरि १६ वटा गन्तव्यमा आफ्नो हवाइ सेवा विस्तार गरेको छ ।

सलाम एयरले ओमानलगायत अन्य गन्तव्यहरुमा तुलनात्मक रुपमा सस्तो र सुलभ भाडादर कायम गरेको छ । यसबाट वैदेशिक रोजगारीका लागि मध्यपूर्व एसियाका राष्ट्रहरुमा जाने नेपालीहरुले प्रत्यक्ष लाभ प्राप्त गर्न सक्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने छ ।

निकट भविष्यमा अन्य विभिन्न आन्तरिक तथा वाह्य क्षेत्रमा उडान विस्तार गरि हवाई यात्रुहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै लाइट, फ्रेन्डली र फ्लेक्सी गरि ३ किसिमका हवाई भाडा निर्धारण गरेको छ । सलाम एयरले व्यवसायिक क्षमता अभिबृद्धि र यात्रु महानुभावहरुमा सेवाको भावनालाई मध्यनजर गर्दै आफ्ना यात्रु तथा सेवाग्राहीले कुनैपनि गन्तव्यमा एक वर्षभित्र १० पटक यात्रा गरेको बोर्डिङ्ग पास सम्बन्धित कार्यालयको टिकट काउन्टरमा बुझाएपछि एक टिकट निशुल्क प्राप्त गर्ने व्यवस्था मिलाएको छ । टिकट किन्दा १ वटा फ्रीदिने योजना लागू गरेको छ । आइएमई गु्रपद्धारा प्रर्वद्धित चन्द्रागिरि हिल्सले सलाम एयरलाइन्सको पहिलो उडानबाट नेपाल आउने यात्रुहरुलाई उपहार स्वरुप ५० प्रतिशत र तत्पश्चात सलाम एयरबाट यात्रा गर्ने सम्पूर्ण यात्रुहरुलाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

यो सेवा लिनका लागि सलाम एयरबाट यात्रा गर्ने यात्रुले सलाम एयरको बोर्डिङ्ग पास थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडको टिकट काउन्टरमा देखाउनुपर्नेछ । साथै आइएमई ग्रुपका अन्य उत्पादन तथा सेवाहरुमा समेत विशेष ग्राह्यता दिने योजना लिइएको छ । यस एयरलाएन्सले नेपाल नागरिक उडड्यन प्राधिकरणले दिएको समय तालिकाअनुसार काठमाडौंका लागि बिहान ८ः०० बजे अवतरण र ८ः४० मा उडान भर्नेछ ।

सलाम एयरको पहिलो उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अवसर पारेर आइएमई ग्रुपले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरि यसको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा संक्षिप्त प्रतिक्रिया दिँदै नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक राजकुमार क्षेत्रीले सलाम एयरको हवाई सेवा शुरु भएपछि मध्यपूर्वी देशहरुबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटक र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहज आवागमन थपिएको विश्वास व्यक्त गरे । सलाम एयरका प्रमुख कार्यकारी अधिकृत क्याप्टेन महम्मद अहमदले स्थापित ब्राण्ड आइएमईसँग सलाम एयरले व्यवसायिक सम्बन्ध स्थापित गर्न सफल भएकोमा प्रशन्नता व्यक्त गरे ।

आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले दिगो आर्थिक विकासको आधार पर्यटन भएको उल्लेख गर्दै आइएमई ग्रुपसँग जोडिएको सलाम एयरको सम्बन्धले नेपालको पर्यटन प्रवद्र्धनमा निकै ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।