५ कार्तिक २०८३, बिहिबार

रामकहानी र रोज : ‘फेक’ प्रचार, पुजा र प्रदिपको दुश्मनीले व्यापार बर्बाद

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । २२ भदौमा नेपालका हलहरूमा दुई फिल्म रिलिज भए – रामकहानी र रोज । स्टारडमको झूठा प्रचार गर्न माहिर अभिनेत्री पूर्जा शर्मा र अभिनेता प्रदिप खड्काको जुँगाको लडाईँ बाहिरमात्र होइन हलमा पनि देखियो । र, दुवै फिल्मले दुई दिनमा आफ्नो कलेक्सनको रिपोर्ट देखाए– लगभग करोड नजिक ।

यी दुई कलाकार आफैंमा सस्तो लोकप्रियतामा रमाउन चहान्छन् मात्र होइन, प्रचार गर्ने शैली पनि उस्तै छ । पूजा सुदर्शन थापासँग जोडिएका कारणले आफुलाई अब्बल अभिनेत्री भएको दाबी गर्छिन् र फरक व्यानरमा फिल्म पाए महँगो पारिश्रमिक लिने बताउँछिन् । खड्काको कुरै छाडौं । मिडियामा उनको फिल्मको पारिश्रमिक २५ लाखसम्म पुगिसकेको छ । पत्रकार सम्मेलनमा उत्रिँदा बडीगार्ड ल्याएको हत्कण्डा फरक थियो ।

फिल्मको प्रचारका लागि देश दौडाहाका गज्जबमा दृश्य पनि देखाइने गरेको छ । तर, असलमा फिल्मको व्यापार सोचेभन्दा कमजोर रहेको हलवालाहरू बताउँछन् । ‘दर्शकले फिल्मलाई कति रुचाए भन्ने विषयमा कलाकार गम्भिर हुुँदैनन्, आपसी टकरावलाई माथ दिन अनेक हत्कण्डा अपनाउँछन् । जुन सही होइन’, एक हल मालिकले भने,‘फिल्मको बजार विस्तार भए पनि आपसमा लड्दा भनेजति व्यापार हुनसकेको छैन ।’

आशा गरिएका निर्देशक र निर्माताको इगो, कलाकारको अहंकारका कारण नेपाली फिल्मले बजारमा अस्वस्थ्य स्पर्धा गर्न थालेका छन् । पहिला सँगै हुने र पछि दुश्मनीको मुल्य चुकाउने प्रवित्तिले निर्मातालाई पनि घाटा हुने गरेको छ ।

यस्तो इगो ठेट्ना कलाकार र निर्मातानिर्देशकको मात्र होइन, अनुभवी र फिल्म बुझेकाहरूमा पनि हुने गरेको छ । दसैँमा ‘६क्कापञ्जा–३’ र ‘जय भोले’ एक साथ आउनुको कारण पनि यहि भएको बताइन्छ । अर्कातिर २१ कात्तिमा आउन लागेको मालिका र क्याप्टेनको कथा पनि त्यस्तै छ ।

अशोक शर्माको फिल्म जय भोलेले बजारमा व्यापारीक छाप बनाएको छक्कापञ्जा टोलीसँग गर्न लागेको भिडन्तले दुवैलाई असर गर्ने बताइन्छ । ‘यो राम्रो समयमा एउटा व्यानरले मात्र मौका पाउने रिसको उत्तर पनि हुनसक्छ । अहिलेसम्म छक्का पञ्जाले दशैंलाई आफ्नो व्यापारको मुख्य समय बनाउने गरेको थियो’, एक निर्देशक भन्छन्,‘अशोक जीले सोही समयमा फिल्म रिलिज गर्नुको धेय पनि व्यापरिक एकाधिकारलाई तोड्ने आशय हुनसक्छ ।’

अन्तरवार्ताका क्रममा क्याप्टेन अभिनेता अनमोल केसीले रेखा थापालाई व्यंग्य गरी कुनै पनि पगरी कलाकारले मागेर नपाउने भन्दै त्यसका लागि दर्शकको मन जित्नुपर्ने ‘म्याचोड’ उत्तर दिए । जसका फिल्म कात्तिमा जुधाइएको छ । यसअघि पनि निरन्तर फिल्म बनाएकी रेखाको मालिका क्याप्टेनसँग जुध्दैछ ।