८ कार्तिक २०८३, आइतबार

बिपक्षी मोर्चाले आज पनि संविधानसभा चल्न नदिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC_Samsad-Todfod16काठमाडौं, ७ माघ । नयाँ संविधान जारी गर्ने विषयमा धु्रवीकृत भएका प्रमुख दलहरूका कारण अबरुद्ध हुँदै आएको संविधानसभाको बैठक आज पनि बस्दैछ ।

संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने कार्यक्रम रहेको बैठकमा कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले प्रश्नावली सम्बन्धी कार्यसूची पेश गर्ने कार्यक्रम छ ।

श्रेष्ठको प्रस्तावलाई एमालेका प्रमुख सचेतक अग्नि खरेलले समर्थक गर्ने जनाइएको छ ।

यद्यपि, सहमतिमा संविधान जारी गर्नुपर्ने भन्दै प्रक्रियाको बिरोध गर्दै आएको एमाओवादी र मधेसी मोर्चासहितका दलहरुले भने संविधानसभा बैठक अबरुद्ध बनाएका छन् ।

उनीहरू आजको बैठक पनि चल्न नदिने जनाएका छन् । यसअघि हिजो पनि संविधानसभा बैठक अबरुद्ध भएको थियो ।

एमाओवादीका प्रमुख सचेतक गिरीराजमणि पोखरेल बहुमतीय प्रक्रियाबाट संविधान बनाउने पक्षमा आफूहरू नरहेकाले बैठक चल्न नदिने बताउनुभयो । बैठक एघार बजे बस्ने कार्यक्रम छ ।