२१ कार्तिक २०८३, शनिबार

नक्कली क्रेडिट कार्ड बनाई रकम निकाल्ने ५ जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ,२५ भदौ । विभिन्न देशका व्यक्तिहरुको क्रेडिट कार्डको डाटा ह्याक गरी नेपालका वैंक खाताबाट रकम निकाल्ने ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

वैंकमार्फत उपलव्ध गराईएको POS, Data Card Reader Machine र MSR मेसीन प्रयोग गरी रकम निकाल्ने कार्यमा संलग्न उनीहरुलाई काठमाडौं ठमेल संचयकोष अगाडिको ओसिस होटलबाट प्रहरीले पक्राउ गरको हो ।

पक्राउ पर्नेहरुमा काभ्रे तिमाल–९ का ३४ वर्षीय बिजयदोङ लामा, दिल्ली टिटि बलजितनगर बस्ने २८ वर्षीय बिटु गौतम, काठमाडौं महानगरपालिका–१७ का ३२ वर्षीय अनुज नकर्मी, भारतको दिल्ली ओमबिहार बस्ने ३२ वर्षीय बिकास गोसाई र भारत खरिपाई हाउस भोदारीकन्ती चालकुडी बस्ने ३४ वर्षीय जिन्टुजोए रहेका छन् ।

उनीहरुबाट Data Card Reader Machine १ थान, MSR Machine १ थान, POS (SWAP) Machine ४ थान, ल्यापटप २ थान , नक्कली डेविड/क्रेडिटकार्ड १ सय १९ थान र मोवाईल ५ थान प्रहरीले बरामद गरेको छ ।