२ कार्तिक २०८३, सोमबार

सुनसरीको गढीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ भदौ । मेगा बैंक नेपाल लिमिटेडले सुनसरी जिल्लाको गढी गाउँपालिकामा अत्याधुनिक शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

गढी गाउँपालिका वडा नम्बर ३ स्थित छिटाहामा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादब र नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक बिवेकानन्द झाले मेगा बैंकको शाखारहित बैंकिङ सेवाको संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटनमा गाउँपालिकाका अध्यक्ष यादबले अब आफ्नो गाउँपालिकाका जनतालाई मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत घरदैलोमा बचत गर्न सजिलो हुने भन्दै खुसी व्यक्त गरे ।

नेपाल कृषि कम्पनीका कार्यक्रमका प्रबन्धक झाले ग्रामीण तथा दुर्गम भेगहरुमा सेवा विस्तार गरेकोमा मेगा बैंकलाई धन्यवाद दिए । मेगा बैकका बिराटनगर शाखा प्रबन्धक अभिषेक कार्कीले मेगा बैंकको सरल कर्जा लिएर ग्रामीण भेगका धेरै साना तथा मझौला ब्यवसायीहरु लाभान्वित भएको बताए ।