२१ कार्तिक २०८३, शनिबार

कालीगण्डकी करिडोर चार महिनापछि खुल्यो

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


गुल्मी, २५ भदौ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर चार महिनापछि खुलेको छ । करिडोर अन्र्तगतको रिडी रुद्रवेणी सडक खण्डलाई चार महिनापछि १० मिटर चौडाई बनाएपछि सोमबारदेखि सडक खुलेका हो ।

गत बैशाख २० गतेदेखि नेपाली सेनाले खन्न शुरु गरेको उक्त खण्डको ८ किलो मिटरको सडकलाई १० मिटर चौडाई पारिएको छ । कालीगण्डकी करिडोर अन्र्तगतको ८ किलोमिटर सडक १० मिटर चौडाई भएपनि सोमबार नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुभारम्भ गरेका छन् । कालीगण्डकी करिडोर सडक योजना रिडी–रुद्रवेणी सर्वाजनिक यातायात शुभारम्भ गदै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाली सेनालाई धन्यवाद समेत दिएका छन ।

‘तोकिएकै समयमा नेपाली सेनाले सडक चौडा पार्ने काम सम्पन्न गरेको छ’, उनले भने ‘राष्ट्रिय गौरवको आयोजना भएकाले यस सडक छिट्टै कालोपत्रे लगायत अन्य सम्पन्न हुन्छ ।’ सडक निमार्ण गर्ने जिम्मा नेपाली सेना कालीगण्डकी करिडोर निमार्ण कार्यदलले पाएको थियो ।

सडक चौडा पार्ने कामको जिम्मा पाएको नेपाली सेनाले तोकिएकै समयमै पुरा गरेको हो । कालिगण्डकी करीडोर अन्र्तगत रिडी रुद्राबेनी खण्डलाई सेनाले १० करोडमा जिम्मा लिएको हो । बैशाखदेखि सडकको निमार्ण काम सुरु गरिएपछि उक्त सडकखण्ड भएर आवज–जावत गर्ने सवारीका साधनहरु लामो र वैकल्पिक सडक भएर आफ्नो गन्तब्यमा पुग्ने गरेका थिए । नेपाली सेनाले तोकेको समयभन्दा छिटो सडकलाई चौडाई पार्ने काम सम्पन्न गरेर सडक सञ्चालनमा आएपछि यस क्षेत्रमा चल्ने सवारी धनी तथा चालकहरुमा खुसीयाली छाएको छ ।

‘बाटो फराकिलो बनाउने भन्दै बन्द भएपछि ४ महिनासम्म लामो सडक प्रयोग गर्दा हैरान भएका थियौँ’, सवारी चालक रमेश घर्तीले भने ‘अब धेरै सजिलो र कम समयमा पुगिने भइयो ।’ उनका अनुसार अन्य सडक भएर आवज–जावत गर्दा समय धेरै लाग्ने तथा अप्ठारो सडकमा सवारी हिडाउनु परेको थियो । सडक खण्ड बन्द हुदाँ त्यस क्षेत्रका सर्वसाधारणहरुले जिल्लाको सदरमुकाम तम्घास तथा छिमेकी जिल्ला स्याङजाको लामो सडक प्रयोग गरिरहेका थिए ।