५ कार्तिक २०८३, बिहिबार

यस्तो छ, ‘छक्का पञ्जा ३’ को दोस्रो गीत ‘पछि उमेर ढल्किन्छ’

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ । फिल्म ‘छक्का पञ्जा ३’मा समावेश दोस्रो गीत रिलिज भएको छ । सोमबार फिल्ममा समावेश ‘पछि उमेर ढल्किन्छ’ बोलको गीत रिलिज गरिएको हो । गीतमा अर्जुन पोखरेलको संगीत, अर्जुन र दीपकराज गिरीको शब्द समावेश गीतमा निशान भट्टराई र एन्जिला रेग्मीको स्वर छ ।

कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका प्रायः कलाकारहरू फिचरिङ छन् । नवलपरासीको सास्वत धाममा खिचिएको भिडियोमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ र दीपिका प्रसाइँ फिचर्ड छन् ।

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको ‘छक्का पञ्जा ३’मा दीपकराज, जितु, केदार, वुद्धि, दीपिकासँगै निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइराला लगायतको अभिनय रहेको छ ।

फिल्ममा प्रियंका कार्कीको पनि केमियो रहनेछ । फिल्म दशैंको फूलपातीमा रिलिज हुनेछ ।

हेर्नुहोस् गीत :