२१ कार्तिक २०८३, शनिबार

काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार थापाको राजीनामा स्वीकृत

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं, २५ भदौ । काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार डा. भोला थापाको राजीनामा स्वीकृत भएको छ । उपकुलपति प्रा. डा. रामकण्ठ माकाजुसँग विवाद भएपछि यही भदौ ७ गते रजिष्ट्रार थापाले पदबाट राजीनामा दिएका थिए ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ८ गते डा. थापाको राजीनामा स्वीकृत गरेका हुन् । डा. थापाको हस्तलिखित सक्कल पत्रमै ‘स्वीकृत’ लेखेर ओलीले हस्ताक्षर गरेका छन् । सोही पत्रलाई विश्विद्यालयले दर्ता गरेर राखेको छ । उपकुलपति आफै प्रधानमन्त्री कार्यालयमा पुगेर स्वीकृतिको पत्र ल्याएर विश्वविद्यालय फर्किएका थिए ।

थापाको राजीनामा स्वीकृत भएपछि नयाँ रजिष्ट्रार नियुक्तिको तयारी सुरु भएको छ । नयाँ रजिष्ट्रारमा प्रा. डा. सुवोध शर्माको चर्चा छ । उनलाई रजिष्ट्रारमा नियुक्त गर्न तयारी सुरु भइसकेको स्रोतले बताएको छ । प्रा. डा. शर्मा इन्भायरोमेन्टल साइन्स एण्ड इन्जिनियरिङ डिपार्टमेन्टका डिन हुन् । प्रजातान्त्रिक समूह निकट मानिने शर्मा काठमाडौं विश्वविद्यालयका सबैभन्दा कान्छो डिन हुन् ।

यसैबीच काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरुले न्युनतम योग्यता निर्धारण गरेर मात्र रजिष्ट्रार नियुक्त गर्न माग गरेका छन् ।