
बुटवल, २५ भदौ । रुपन्देहीको शुद्धोदन गाउँपालिका– ७ स्थित सोमबार दानव नदीमा एक महिलाको शव फेला परेको छ ।
स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेपछि फेला परेको शवको पहिचान नभएको इलाका प्रहरी कार्यालय छपियाका प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले जानकारी दिए । अन्दाजी २३ वर्षीया ती महिलाको शव परीक्षणका लागि भीम अस्पताल भैरहवामा राखिएको छ । ‘घटना के भएको हो, विस्तृत कुरा अनुसन्धान भएपछि मात्रै थाहा हुन्छ,’ प्रहरी निरीक्षक बोहोराले भने । -रासस












प्रतिक्रिया