
काठमाडौं, २५ भदौ । कोदालो प्रहार गरी आफ्नै श्रीमती हत्या गरेको अभियोगमा कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानी बस्ने एक जना पक्राउ परेका छन् । मकवानपुरको बाग्मती नगरपालिका–७ घर भएका ३५ वर्षीय रमेश भन्ने मानबहादुर घिसिङलाई श्रीमती हत्या अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घिसिङले गएराति ३२ वर्षीया श्रीमती ममता लामालाई कोदालोले टाउकोमा प्रहार गरी हत्या गरेका थिए । कोदालो प्रहारबाट श्रीमति बेहोस भएको भन्दै घिसिङ आफैं महानगरीय प्रहरी बृत्त बौद्ध पुगेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा पिडितको मृत्यु भईसकेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया