२१ कार्तिक २०८३, शनिबार

निजी वन संघ प्रदेश एकको भेला सकियो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । पारिवारिक निजी वन सघँ नेपाल प्रदेश एकको भेला धरानमा सम्पन्न भएको छ । भेलाले विर्तामोडका लक्ष्मण पाठकको अध्यक्षतामा २१सदस्यीय तदर्थ समिती गठन गरेको छ।त्यस्तै भेलाले सचिवमा इलाममा रविन्द्र सुवेदी रहनुभएको छ ।

समितीका सचिवालय सदस्यहरुमा झापाका कार्यवाहक अध्यक्ष राजकुमार अ‍ोली , धनकुटाका अध्यक्ष गोपाल भटटराइ,ताप्लेजुँड्गका अध्यक्ष इन्द्र बहादुर गुरुड्,पाचँथरका अध्यक्ष सन्तोष लिम्वु सदस्यहरुमा भुमिका आचार्य र अम्विका थापा रहनुभएको केन्द्रिय महासचिव पिताम्वर सिग्देलले जानकारी दिए । प्रदेश एकका १४ जिल्ला अध्यक्ष सचिवालय रहने गरि २१ सदस्यीय प्रदेश समिती निमार्ण गरिएको हो ।

पारिवारिक निजी वन सघँ नेपाल एफोन का केन्द्रिय अध्यक्ष जोगराज गिरीको प्रमुख आथित्यतामा तथा प्रदेश सँयोजक लक्ष्मण पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रमुख अथिती गिरीले राज्यले निजी वनलाइ अकुँस लगाउन खोजेकोले अवको निजी बन किसान राज्यको खवरदारीमा होमिन लागेको बताएका थिए । भेलामा अन्य प्रदेशका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।