२ कार्तिक २०८३, सोमबार

सेयर बजारमा दोहोरो अंकको पहिरो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । आइतबार सेयर बजारमा दोहोरो अंकको पहिरो गएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज नेप्से परिसूचक १०.७९ अंकले घटेर १२१८.९८ बिन्दुमा आइपुगेको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने  सेन्सेटिभ इन्डेक्स पनि २.१९ अंकले घटेको छ ।

आज कूल १६६ कम्पनीका सेयर कारोबार भयो । ४ हजार ४८७ वटा कारोबारमा कूल १२ लाख ७२ हजार १०८ कित्ता सेयर किनबेच भएको छ । जसमा ३२ करोड ७० लाख २५ हजार ७४१ रुपैयाँ बराबरको कारोबार भयो ।

आज सबै समूहका परिसूचक घटेका छन् ।