२१ कार्तिक २०८३, शनिबार

बालबालिका बन्धक बनाई लुट्ने पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २४ भदौ । बालबालिकालाई बन्धक बनाई लुटपाट गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट एक युवालाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ घर भई कठमाडौ शंकरापुर–५, शालिनदी साँखु बस्ने २० वर्षीय सजक मिजारलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

सजकले सोही ठाउँ बस्ने तीन बालबालिकालाई बन्दै गरेको घरमा लगेर बन्धक बनाई सुनको मुन्द्रा २ थान, चाँदीको मुन्द्रा २ थान, सिक्री १ थान र ब्यागसमेत लुटेर लगेको प्रहरीले जनाएको छ ।

लुटिसकेपछि उनले बालबालिकाका अभिभावकलाई फोन गरी २५ हजार लिएर आउनु भनी उनीहरूलाई छाडेर गएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।