१ कार्तिक २०८३, शनिबार

शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३० पुग्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोकियो, २३ भदौ । जापानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या शनिबार सम्ममा ३० पुगेको छ ।

भूकम्पबाट प्रभावित दशौँ हजारलाई उद्धार गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

मृत्यु भएकामध्ये अधिकांश अत्सुमाका रहेका छन् । भूकम्पमा परी झण्डै चार सय जना सामन्य घाइते भएको उत्तरी होक्काइदोका स्थानीय अधिकारीले बताएका छन् ।

भूकम्पमा भाइ गुमाएका अत्सुमाका अकिरा मत्सुशीताले भने, ‘मैले आफ्नै आखाँले जे देखेँ, त्यो अहिले पनि विश्वास गर्न सकिरहेको छैन, त्यो देख्दा एक जना पनि जीवित रहन सक्छ जस्तो लागेको थिएन ।’

गत बिहीबार ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको उत्तरी जापानको होक्काइदो द्वीप वरपर गत साता शक्तिशाली आँधी पनि आएको थियो । त्यस आँधीले पनि जनधनको ठूलो क्षति भएको थियो ।

भूकम्पबाट दर्जनौँ घर ध्वस्त भएका र अरू धेरै घरमा आंशिक क्षति पुगेको बताइएको छ । भूकम्प प्रभावित इलाकाका स्थानीय बासिन्दालाई राहात उपलब्ध गराइएको छ । बढी प्रभावित केही व्यक्तिलाई हेलिकोप्टरबाट समेत उद्धार गरिएको छ ।

सो द्वीपमा उद्वारका लागि करीब २० हजार उद्धारकर्ता परिचालित भएका सरकारका प्रवक्ता योसिहिदे सुगाले बताएका छन् । उद्धारकार्यमा हजारौंको सङ्ख्यामा सैनिक पनि परिचालन गरिएको छ । -रासस