
काठमाडौं, २२ भदौ । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३९.४९ अंकले वृद्धि भई अन्तिम दिन १२२९.७७ अंकमा पुगेको छ । यस साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ८.५५ अंकले वृद्धि भएर २६०.३५ अंकमा पुगेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १९३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३२२८५ कारोबारबाट दुई अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार छ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २५९.३४ प्रतिशत बढी हो । गत साता १८० कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ११७८८ कारोबारबाट ८० करोड ३० लाख सात हजार रुपैयाँ बराबरका २५ लाख ४२ हजार सात सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
यस साता कारोबार रकम (२२ करोड ५० हजार रुपैयाँ) को आधारमा एनएमबि बैंक लिमिटेड सेयर अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (छ लाख ६४ हजार कित्ता) र कारोबार संख्या (१५४६ वटा) को आधारमा पनि एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।















प्रतिक्रिया