५ कार्तिक २०८३, बिहिबार

देशका ९५ हलमा एकसाथ प्रदीपको रोज, आक्रमक सुरुवात

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ । युवाहरुमाझ लोकप्रिय अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘रोज’ शुक्रबारबाट मुलुकका ९५ ओटा सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएको छ । रोज मुलुकका मल्टिप्लेक्सदेखि सिँगल थिएटरका सबैजसो हलमा लागेको हो ।

काठमाडौंको गोपीकृष्ण, गुण, अष्ट, बिग लगायतका धेरैजसो सिनेमा हलमा बिहानदेखि नै हाउसफुल भएको छ । यसका वितरक गोविन्द शाहीले दिउँसो ११ बजेको शो पनि धेरै ठाउँमा हाउसफुल भएको जानकारी गराएका छन् । अर्का वितरक मनोज राठीका अनुसार पोखरा, धरान, दमक, बिर्तामोड, इटहरी, बुटबललगायतका शहरका सिनेमाहलमा पनि हाउसफुल छ । फिल्मले शुक्रबार बिहानीको शोबाटै आक्रमक व्यापार गरेको वितरकले बताएका छन् ।

यो चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका हुन् । चलचित्र रोज लभ स्टोरी क्राईम जनरामा निर्माण भएको उनले बताए । सिनेमाले सबै प्रकारका दर्शकको मन जित्ने विश्वास आफूले लिएको निर्देशक पौडेलले जानकारी गराएका छन् ।

गोपीकृष्ण मूभिज र आरोही फिल्मसले संयुक्त निर्माण गरेको रोजका शुक्रबार बिहान काठमाडौंका बिग मुभिजमा प्रिमियर शो गरियो । बिहानै देखि यो चलचित्रका अभिनेता प्रदीप खड्का, अभिनेत्री पारमिता आरएल राणा, मिरुना मगरलगायत प्रेस शो तथा सिनेमा हल पुग्दा दर्शकबाट घेरिएका छन् ।

यो चलचित्रमा अभिनेता प्रदीप, पारमिता, मिरुनालगायत कर्मा शाक्य, बरुण शमशेर जबरा, नरेश पौड्याल, केदार भुषाल, पल्पसा डंगोल, प्रकाश श्रेष्ठ, प्रदीप दाहाललगायत छन् । चलचित्रकर्मी उद्धब पौडेलको प्रस्तुति रहेको रोजलाई मणिकरण केसी, आर्या पौडेल र आरोही केसीले निर्माण गरेको हुन् ।

रोजमा राजुबिक्रम थापाको छायाँकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।