
काठमाडौं, २२ भदौ । बलिउड अभिनेता सलमान खान यतिबेला संकटमा छन् । सलमानको प्रोडक्शन हाउसबाट बनिरहेको फिल्म ‘लवरात्रि’ रिलिजअगावै विवादमा तानिएको छ । फिल्मको नामलाई लिएर हिन्दु संगठनले विरोध गर्दै आएको छ । संगठनका अनुसार फिल्मको नामले हिन्दु धर्मको भावनामाथि चोट पुर्याएको छ ।
यसबाहेका बिहारका एक वकिलले पनि फिल्ममाथि मुद्दा दर्ता गरेका छन् । बिहारको अदालतमा मुद्दा दर्ता भएको बताइएको छ । यस मामिलामा सेप्टेम्बर १२ मा अदालतले फैसला सुनाउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विश्व हिन्दु परिषद्का पूर्व अन्तर्राष्ट्रिय अध्यक्षप्रवीण तोगडियाको संगठनले पनि फिल्मको विरोध गर्दै पोष्टर जलाएको थियो ।
यतिमात्र होइन, फिल्म सेटमाथि आगो लगाउनेलाई पुरस्कारको घोषणा पनि गरिएको थियो । तर, सलमानले भने फिल्म र नामले हिन्दु धर्ममाथि कुनै पनि चोट नपुर्याउने प्रतिक्रिया दिएका छन् । तपाईलाई स्मरण रहोस् कि फिल्म ५ अक्टोबर अर्थात् नवरात्रिमा रिलिज हुनेछ ।
फिल्ममार्फत सलमानका नातेदार आयुष शर्माले बलिउडमा डेब्यू गर्दैछन् । फिल्ममा वरीना हुसैन अभिनेत्री छिन् । वरीना इराकमा बस्छिन् ।
कालो हरिणको मुद्दाबाट मुक्ति नपाएका सलमानलाई यसले पनि अर्को अदालतीय झमेला थपिदिएको छ ।















प्रतिक्रिया