१ कार्तिक २०८३, शनिबार

कतारले विदेशी नागरिकलाई पीआर दिने, यस्तो छ प्रावधान

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काडमाठौँ, २१ भदौ । कतारले आप्रवासीलाई स्थायी आवास दिन शुरु गर्दैछ । उसले आफ्नो देशमा लामो समयदेखि बसिरहेका विदेशीहरुलाई यस्तो सुविधा दिनेछ ।

यस्तो गर्ने यो पहिलो अरब खाडि मुलुक हुनेछ । अमिर शेख तमिम विन हमाद अल थानीले एक नयाँ कानुन जारी गरेका छन् जसले मंगलबार त्यहाँको सरकारले प्रत्यक वर्ष १०० जना आप्रबासीलाई स्थाई आवास प्रदान गर्न निर्देशन दिएका छन् ।

नयाँ कानुनले स्थायी आवास प्रदान गर्नको लागि कतारी आमाबाट जन्मेको बच्चाहरु प्राथमिकता दिनेछ । त्यस्तै २० वर्षभन्दा बढी समयदेखि कतारमा बसिरहेका विदेशीहरु पीआरको लागि योग्य हुनेछन् । यो सुविधा पाउनको लागि व्यक्तिमा ‘मुल्यवान सीप’ हुनुपर्ने कानुनमा उल्लेख छ । हाल २७ लाख विदेशी कतारमा बसोबास गरिरहेका छन् ।

नयाँ कानुन अन्तर्गत पीआर पाएका आप्रबासीहरुले कतारी नागरिक समान सामाजिक सुरक्षाको हक पाउनेछन् । यसमा निःशुल्क स्वास्थ सुविधा र सरकारी स्कुलमा शिक्षा समावेश छ । उनीहरुलाई सरकारी रोजगारीमा पनि प्राथमिकता दिइनेछ ।

नयाँ कानुनले पीआर पाएकाले कतारमै घरजग्गा किन्न पाउने व्यवस्था पनि गरेको छ । नयाँ कानुन कार्यन्वयनमा आइसकेपछि पीआर प्राप्त व्यक्तिले आफ्नो कामदारको अनुमति बीनानै देश आउ जाउ गर्न सक्नेछन् । हाल कतारमा विदेशीले देश भित्र बाहिर गर्नको लागि आफ्ना कामदारबाट अनुमति लिनुपर्ने हुन्छ । यो ऐतिहासिक कानुन अनुसार हाल कतारको सेनामा कार्यरत विदेशीले पनि पीआरको लागि आवेदन दिन सक्छन् ।

भिजन २०३०

विज्ञहरुले नयाँ कानुन कतारी राजा शेख तमिम विन हमाद अल थानीको महत्वकांक्षी ‘भिजन २०३०’ को हिस्सा भएको बताएका छन् । यस अन्तर्गत आगामी १० वर्षमा कतारलाई दीगो र आधुनिक राष्ट्र बनाउने लक्ष्य छ ।

कतारी समाचारपत्र ‘अल अरब’का प्रधान–सम्पादक अब्दल्लाह अल–अथवाहले नयाँ कानुनलाई कतारको ‘मानवीय पूँजी लगानीतर्फ’को पहिलो पाइला बताएका छन् । यसले राज्यको चिकित्सा, विज्ञान तथा इन्जिनियरिङ्गलाई फाइदा पुग्ने उनले बताए ।

वार्षिक १,२४,००० अमेरिकी डलर प्रति व्यक्ति आय भएका कतार विश्वको सबैभन्दा सम्पन्न राष्ट्र मध्य एक हो ।–एजेन्सी