४ कार्तिक २०८३, बुधबार

ओम हस्पिटको अध्यक्षमा पौडेल

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ भदौ । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि (ओम अस्पताल) को अध्यक्षमा उद्धव पौडेल चयन भएका छन् । सञ्चालक समितिको बुधबार बसेको बैठकले अस्पतालका सञ्चालक पौडेललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

हस्पिटलको स्थापनाकालदेखि सञ्चालक समितिमा रहँदै आएका पौडेल विशिष्ट चलचित्रकर्मी र नेपाल सरकारबाट प्रदान गरिने पहिलो लाईफ टाइम एचिभमेण्ट एवार्डबाट विभुषित पनि हुन ।

अध्यक्ष चयन भएपछि सञ्चालक समितिको बैठकमा पौडेलले ओम हस्पिटललाई देशकै नमुनालायक हस्पिटल बनाउन समिति, कर्मचारी र आम जनसमुदायलाई अपील गरेका छन् । ओम हस्पिटलले उच्चतम् आधुनिक प्रविधि भित्र्याउँदै स्वास्थ्य क्षेत्रमा गुणस्तरिय सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ ।

साथै गरिब, असहायलाई आवश्यकता अनुसार सहुलियत र निःशुल्क उपचार प्रदान गर्न कार्यविधि बनाई कार्यान्वयन गर्ने भएको छ । ओम हस्पिटलले जनताको हस्पिटल बनाउने लक्ष्यमा सदा झैं समाजका सवै पक्षबाट निरन्तर सहयोगको अपेक्षा गरेको अध्यक्ष पौडेलले बताएका छन् ।