८ कार्तिक २०८३, आइतबार

पर्वतमा एमाले युवा र एमाओवादीबीच झडप, एमाओवादी जिल्ला अध्यक्ष गम्भीर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhadap-parbat

पर्वत, ६ माघ । बन्द आयोजक र बन्द खुलाउनका लागि प्रदर्शनमा उत्रिएका स्थानीयवासीबीच झडप हुँदा एमाओवादी नेतृत्वको आन्दोलनका संयोजक कृष्ण पराजुली गम्भीर घाइते भएका छन् ।

एमाओवादीका जिल्ला अध्यक्ष पराजुलीको स्थानीय मेडिकल हलमा उपचार भइरहेको छ । नेकपा एमाले निकट युवा सङ्घको नेतृत्वमा निस्किएको बजारवासीको प्रतिकार जुलुस र आन्दोलनकारीबीच शिवालय चोकमा आधा घन्टा झडप भएको थियो । झडपपछि सदरमुकाम कुस्मा बजार तनावग्रस्त भएको थियो ।

Prabat-Jhadap

बन्दको विरोधमा उत्रिएका युवाको मोटरसाइकल जुलुस शिवालयचोकमा पुगेपछि झडप भएको थियो । बन्द आयोजक र विरोधमा उत्रिएकामध्ये अन्य करिब ६ जना सामान्य घाइते भएको बताइएको छ । बन्द आयोजक र विरोधमा उत्रिएका युवाले ढुङ्गा हानाहानसमेत गरेका थिए ।

Prabat-Jhadap3

बन्दकर्ता भागे

युवाहरु मोटरसाइकल जुलुससहित उत्रिएपछि बन्दकर्ता भागेका छन् । प्रतिकारमा उत्रिएका युवाले बजारसमेत खुलाएका छन् । बन्दको विरोधमा उत्रिएका युवाको अगुवाइ सङ्घले गरेको थियो । सङ्घका कार्यकर्ता, तरुण दल, नेविसङ्घ र व्यापारीसमेत प्रतिकारमा उत्रिएका थिए । कुस्माबजारमा झडप भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । चोक चोकमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Prabat-Jhadap4

बन्दको समयमा हिमालपारिको जिल्ला मुस्ताङमा भने बन्दको कुनै प्रभाव परेको छैन । यातयात, शिक्षणसंस्था र बजार खुलेका छन् ।