
काठमाडौ, २१ भदौ । धनुषा र ललितपुरबाट प्रहरीले पेस्तोल सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये ५ जना काभ्रेको खानीखोला गाउँपालिका–७ स्थित छोईछेल कुण्डलीङ गुम्बामा लुटपाट गर्ने रहेका छन् ।
पक्राउ परेका मध्ये धनुषा जनकपुर उपमहानगरपालिका–१ वकिलमहाला डेरा गरी बस्ने महोत्तरी मटियानी नगरपालिका–२ का ३६ वर्षीय सुनिल मुखिया सहनीलाई १ थान पेस्तोल र सोको म्याग्जिन २ थान सहित प्रहरीले पक्राउ गरेको हो ।
यस्तै काभ्रे खानीखोला गाउँपालिका–७ स्थित छोईछेल कुण्डलीङ गुम्बाका पुजारी तिलक लामालाई मंगलबार राति पेस्तोल देखाई १ थान शंख र ३ लाख ५० हजार रुपैयाँ लुटपाट गरी फरार भएका सोही ठाउँ बस्ने २५ वर्षीय अनिल घिसिङ सहित ५ जनालाई चाईनिज पेस्तोल १ थान, सोको गोली २ राउण्ड, म्याग्जीन १ थान, लुटपाटमा प्रयोग भएको बा। ५६ प ७०८३ र बा।६७ प ३७३३ नम्बरको मोटराइकल, पित्तलको कचौरा र नगद २ हजार ४ सय ९० रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो ।
मोटरसाइकलमा आएका ५ जना ब्यक्तिहरुले पेस्तोल देखाई उक्त शंख र नगद लुटी भागेका उनीहरुलाई प्रहरी टोलीले ललितपुर महांकालबाट हतियार सहित पक्राउ गरेको हो ।












प्रतिक्रिया