४ कार्तिक २०८३, बुधबार

यो हो कांग्रेसभित्रको धुन्धुकारी गुट

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसभित्र शीर्ष नेताहरूका बीच सहमतिको प्रयास भइरहेको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल कांग्रेसलाई बचाउने बहानामा नजिक हुने प्रयास गरेका छन् । देउवा र पौडेलको यो प्रयासमा नेता कृष्णप्रसाद सिटौलाले आफ्नो व्यक्तिगत लाभ र हानीको हिसाब किताब गरेर बसेका छन् ।

अलग गुट चलाएर बसेका सिटौलाले देउवा र पौडेल मात्रै होइन कि महामन्त्री डा.शशांक कोइरालालाई पनि मिल्न नदिने गरेर रणनीति बनाइरहेको एक नेताको भनाइ छ । सिटौलाका कारण कांग्रेसले राम्रोसँग गतिविधि गर्न नसकेको आरोप छ ।

सिटौलाले अबको १४औँ महाधिवेशनमा सभापति बन्ने भन्दा पनि आफूलाई कसरी राजनीतिमा स्थापित गर्न सकिन्छ भनेर गतिविधि गर्ने गरेको नेताहरूको भनाइ छ ।

सक्किएको राजनीतिलाई १३औँ महाधिवेशनबाट बचाउन सफल भएका सिटौलाले आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर पार्टीभित्र बखेडा गर्दै आएको आरोप छ ।

झापा जिल्लाको सभापति हुँदा केन्द्रीय सदस्य चक्रप्रसाद बास्तोलाको राजनीति समाप्त पारेर अगाडि आएका सिटौलाले कृष्णप्रसाद भट्टराईको क्याम्प छाडेर गिरिजाप्रसाद कोइरालाको क्याम्पमा भित्रिएका हुन् । गिरिजाप्रसाद कोइरालाकै कारण झापामा उपनिर्वाचन जितेर सांसद बनेपछि सिटौला सधै पावरमा रहे ।

बाबुराम भट्टराई प्रधानमन्त्री बनेका बेला १३ दिन मन्त्री बनेका सिटौलाले कांग्रेसका धेरै नेताहरूलाई शहीद बनाएको आरोप छ । प्रकाशमान सिंहको सधै अवरोध बनेका सिटौलालाई अहिले सिंहले नै साथ दिने गरेका छन् ।

सुशील कोइराला कांग्रेसको सभापति भएका बेला केपी ओली नेतृत्वको पहिलो सरकारमा सहभागी हुनुपर्छ भनेर सिटौला र पूर्णबहादुर खड्काले लविङ गरेका थिए । त्यस बेला सिटौला ओली सरकारमा उपप्रधान र गृहमन्त्री बन्ने सोँच बनाएका थिए । तर, सुशील कोइरालाले कम्युनिस्टसँग मिल्न हुँदैन भनेपछि सिटौला रिसाएका हुन् ।

सुशील कोइरालाको पालामा सिटौलालाई महामन्त्री बन्न केन्द्रीय कार्यसमितिमा अबरोध भएको थियो । रामचन्द्र पौडेललाई उपसभापति बन्न कुनै अवरोध थिएन । तर, सिटौलाका कारण उपसभापति मनोनयनमा समस्या भएपछि पौडेलले आफूलाई मात्रै नियुक्ति गर्न सुशील कोइरालालाई सुझाव दिएका थिए । सोही बेलादेखि सिटौला नेता पौडेलका विरुद्ध सक्रिय छन् ।

नेता पौडेलले ‘सिटौलालाई महामन्त्रीमा समस्या भएको हो, त्यो प्रस्ताव रोकेर मलाई उपसभापतिमा नियुक्ति गर्नु प¥यो’ भनेपछि सिटौला वरिष्ठ नेता पौडेलसँग टाढिदै गए । त्यसको बदला सिटौलाले १३औँ महाधिवेशनमा पौडेलसँग लिएका थिए ।

१३औँ महाधिवेशनमा सभापतिमा पौडेललाई हराउन सिटौलाले सभापतिमा उम्मेदवारी दिएको आरोप छ । पहिलो चरणमा सभापतिको टुंगो नलागेपछि दोस्रो चरणमा मतदान भएको थियो । त्यस बेला पौडेलले देउवालाई सभापतिमा सहयोग गरेको भए सिटौलाको राजनीति त्यही बेला समाप्त हुने थियो । पौडेलकै कारण सिटौलाले अहिले तेस्रो धारको गुट बनाएर राजनीति गरिरहेका छन् ।

भारतसँग निकट मानिने सिटौलाले भारतकै डिजाइनमा कांग्रेसभित्र गतिविधि गर्ने गरेको आरोप छ । सिटौलालाई गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरी, भीमसेनदास प्रधानले साथ दिने गरेका छन् । सिटौलाले सांसद आधा दर्जन बनाएका छन् ।

नेता सिटौलालाई डा.शेखर कोइराला, अर्जुन नरसिंह केसीसहितका नेताहरूले साथ दिने गरेका छन् । डा.शेखर कोइराला र अर्जुन नरसिंह केसीलाई सिटौलाले साथ दिँदासम्म उनको गुट बलियो हुनेछ । तर, डा.शेखर कोइरालाविरुद्ध नेता सिटौला समूहले गतिविधि गर्न थालि सकेको छ । यसको मूल्य सिटौला समूहले चुकाउनु पर्नेछ ।