
काठमाडौँ, २० भदौ । मेगा बैँक नेपाल लिमिटेडले पर्सा जिल्लाको दुई स्थानमा शाखारहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ र पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनीहारमा शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको मेगा बैंकले जनाएको छ । सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ मा सोही गाँउपालिकाकी उपाध्यक्ष फुलकुमारी थरुनी तथा मेगा बैँक नेपाल लिमिटेड बीरगंज आदर्शनगरका शाखा प्रबन्धक यशपालकुमार टिब्रेवालले संयुक्त रुपमा सेवा शुभारम्भ गरे ।
गाउँपालिकाकी उपाध्यक्ष थरुनीले सखुवाप्रसौनीका बासिन्दाहरुले मेगा बैकसँग बित्तिय कारोवार गरी आफ्नो आर्थिक अवस्था सुधार गर्ने अपेक्षा लिँदै शाखारहित सेवा सुरु गरिदिएकोमा मेगा बैंकलाई आभार व्यक्त गरिन् ।
यस्तै, पर्सागढी नगरपालिका वडा नं. ३ मा शाखारहित सेवाको उद्घाटन गर्दै वडा अध्यक्ष उद्दबबहादुर उप्रेतीले कृषक, मजदुर, न्यून आय भएका जनताको आयस्तर बृद्धि गर्न मेगा बैकले पर्सागढी चयन गरेकोमा आभार व्यक्त गरे ।















प्रतिक्रिया