४ कार्तिक २०८३, बुधबार

लक्ष्मी बैंक र के-ल्याबबीच सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २० भदौ । लक्ष्मी बैंक तथा क्राउन लेब्रोटरी एण्ड रिफरल सेन्टर (के–ल्याब) ले देशभर न्यूनतम मूल्यमा गुणस्तरीय प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्य सहित एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा के–ल्यावका तर्फबाट कान्ति थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापछि लक्ष्मी बैंकका ग्राहक एवं कर्मचारीहरुले के–ल्यावले प्रदान गर्ने विभिन्न सुविधाहरुमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी बैंकका ४६ जिल्लाहरुमा ९० शाखा, ३ वटा हस्पिटल काउन्टर, १०६ एटिएम तथा २५०० रेमिट्यान्स एजेन्ट तथा ५१ शाखारहित बैकिङ एजेन्टहरु रहेका छन् ।