मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणको ‘गोलियो कि रासलिला–रामलिला’, ‘पद्मावत्’, ‘बाजिराव–मस्तानी’जस्ता बलिउडका सानदार फिल्म दिएकी उनी हलिउडमा फ्लप भएकी छिन् ।
पादुकोणले ‘ट्रिपल एक्सः रिटर्न अफ जेन्डर केज’ फिल्मबाट हलिउडमा डेब्यु गरेकी हुन् । फिल्ममा उनीसँग हलिउड फिल्मका सुपरस्टार भिन डिजेल मुख्य भूमिकामा देखिएका थिए । दीपिकाको पहिलो हलिउड फिल्म नै फ्लप भएपछि उनी चिन्तित बनेकी छिन् ।
अभिनेत्री दीपिकाको पहिलो हलिउड फिल्म फ्लप भए पनि उनले हार मानेकी छैनन् । दीपिका फेरि अर्को हलिउड फिल्म ‘ट्रिपल एक्स’मा देखिँदै छिन् । यसको पुष्टि फिल्मका निर्देशक डिजे कारुसोले दिएका छन् ।
‘ट्रिपल एक्स’को चौथो सिक्वेलमा चिनियाँ अभिनेता तथा गायक वाङ युआन पनि मुख्य भूमिकामा देखिनेछन् । यो फिल्मको सिरिज २००५ देखि आइरहेको छ । तर, व्यापारका हिसाबले फिल्म फ्लप हुँदै आएको छ । एजेन्सी















प्रतिक्रिया