
गाईघाट, १९ भदौ । ५ बर्षिया बालिका बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक युवालाई जिल्ला अदालत उदयपुरले मंगलबार १२ बर्ष कैद फैसला सुनाएको छ ।
न्यायाधीश तिर्थराज केसीको एकल इजलासले त्रियुगा नगरपालिका ३ मोतिगडाका १८ बर्षिय हेमबहादुर कार्कीलाई बालिका बलात्कारको गरेको ठहर गर्दै १२ बर्ष कैद र पीडितलाई ५० हजार रुपियाँ उपलब्ध गराउने गरि फैसला सुनाएको हो ।
घरमा खेलिरहेकी बालिकालाई कार्कीले कोही नभएको मौका छोपी २०७४ भदौ १८ गते बलात्कार गरेका थिए । घटना लगत्तै पक्राउ परेका कार्कीलाई पीडितले भदौ १९ गते दिएको उजुरीका आधारमा अनुसन्धान गरी कारवाही प्रकृया अगाडी बढाएको थियो ।
कार्कीलाई जिल्ला अदालतले ०७४ असोज २३ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।












प्रतिक्रिया