
काठमाडौं, १९ भदौ । मंगलबार नेप्से ३.९८ अंकले बढेर १२१०.२४ मा पुगेको छ । बजारमा ‘क’ वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९९ अंकले बढेको छ ।
बैंक, होटल र फाइनान्स कम्पनीको परिसूचक बढेको छ भने हाइड्रोपावरको परिसूचक घटेको छ ।
आज कूल १७२ कम्पनीका ५ हजार ७४० कारोबार भए । उक्त कारोबारमा जम्मा ५२ करोड १९ लाख २२ हजार ५७२ रुपैयाँ मूल्य बराबर १७ लाख ५५ हजार ५८७ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
















प्रतिक्रिया