
काठमाडौँ, १९ भदौ । नेपाल टेलिकमको मोबाइल सेवामा बिहानैदेखि देखिएको समस्या समाधान भएको छ।
टेलिकमका जीएसएम प्रि–पेड र पोस्टपेड दुवै मोबाइल मंगलबार बिहान ६ बजेदेखि अवरुद्ध भएका थिए ।
समस्या समाधान भए पनि नेवटर्कमा के कारणले खराबी आएको हो भन्नेबारे भने नेपाल टेलिकमले केही खुलाएको छैन ।
नेपाल टेलिकमको नेटवर्कमा यस्ता समस्या पटकपटक आउने गरेका कारण सेवाग्राही हैरान छन् ।












प्रतिक्रिया