५ कार्तिक २०८३, बिहिबार

राज कपूरको स्टुडियो बिक्री हुने

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । दिवगंत बलिउड अभिनेता राज कपूरले स्थापना गरेको आरके स्टुडियो बेचिने भएको छ । पारिवारिक सहमतिमा मुम्बईमा रहेको फिल्म स्टुडियो बेच्न लागिएको हो ।

७० वर्ष पुरानो स्टुडियोमा आवारा, श्री ४२०, मेरा नाम जोकर, बबी जस्ता चर्चित फिल्मको सुटिङ गरिएको थियो । २ एकडमा फैलिएको स्टुडियोमा गत वर्ष एक रियालिटि टिभी शोको सुटिङ जारी रहँदा आगलागी भएको थियो ।

आगलागीका कारण राज कपूरले बनाएका फिल्मसँग सम्बन्धित थुप्रै सामान नष्ट भएका थिए । ध्वस्त भएको स्टुडियोको पुनःनिर्माण आर्थिक दृष्टिकोणबाट फाइदाजनक नहुने भएपछि कपूर परिवार स्टुडियो बेच्ने निर्णय गरेको हो ।

राज कपूरका छोरा ऋषि कपूरले मुम्बई मिररलाई दिएको अन्तर्वार्तामा स्टुडियो पुनःनिर्माणका बारेमा सोचिएको भएपनि लगानी अनुसारको प्रतिफल दिन स्टुडियोले नसक्ने भएकाले बेच्ने निर्णयमा पुगेको बताएका छन् ।

राज कपूरले आरके स्टुडियो सन् १९४८ मा स्थापना गरेका थिए । उनलाई बलिउडमा ठूला ‘शोम्यान’का रूपमा चिनिन्छ । बलिउडमा कपूर परिवार चार पुस्तादेखि सक्रिय रहँदै आएको छ । एजेन्सी