१२ कार्तिक २०८३, बिहिबार

नेकपाभित्र प्रदेश २ मा जिल्ला भागबन्डामै लफडा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । प्रदेश २ मा २१५ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमाले र पूर्वमाओवादीबाट १००/१०० राखेर १५ सदस्य पछि मनोनीत गर्ने सहमति भए पनि जिल्ला भागबन्डा अझै मिल्न सकेको छैन ।

आठ जिल्लामध्ये पूर्वएमालेले पाँच जिल्लाको नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको छ भने पूर्वमाओवादी ४–४ जिल्ला बाँड्नुपर्ने अडानमा छ । पूर्वएमालेले सर्लाही, धनुषा, बारा, पर्सा र सप्तरीको नेतृत्व दाबी गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पूर्वमाओवादीले महोत्तरी, रौतहट र सिरहाका अलवा सप्तरी या बारामध्ये एक जिल्लाको नेतृत्व पाउनुपर्ने अडान राखेको छ । बाँडफाँड नमिलेका कारण एकीकरण कार्यदलले अझै नाम सिफारिस गरेको छैन । कार्यदल सदस्य सत्यनारायण मण्डलले जिल्ला नेतृत्व बाँडफाँड टुंगो लाग्नेबित्तिकै केन्द्रीय सचिवालयमा सिफारिस गरिने बताए ।

प्रदेश २ को अध्यक्षमा पूर्वएमालेबाट नागेन्द्र चौधरी र शत्रुधन महतो तथा पूर्वमाओवादीबाट प्रभु साह र विश्वनाथ साहले दाबी गरेका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठ समूहले जनमोर्चा पृष्ठभूमिका विश्वनाथ साहलाई अध्यक्ष बनाउन लबिङ गरिरहेको छ । प्रदेश ६ मा पूर्वएमालेबाट यामलाल कँडेल र पूर्वमाओवादीबाट मायाप्रसाद शर्माले अध्यक्ष दाबी गरेका छन् ।