२१ कार्तिक २०८३, शनिबार

ग्रेटर नेपालका अध्यक्ष नेपाललाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ भदौ । बिमेस्टेक सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा पक्राउ परेका ग्रेटर नेपालको अभियान सञ्चालक फणिन्द्र नेपाललाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश गरेको छ ।

अधिवक्ता सुजीत केसीले नेपाललाई पक्राउ गर्नु गैरकानुनी भएको दाबी गर्दै १७ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

रिट निवेदनमा पहिलो सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले सर्वोच्च झिकाउन आदेश गरेको हो । गत बिहिबार नेपाललाई चाबहिलस्थित निवासबाट पक्राउ गरिएको थियो ।

उनले सुगौली सन्धिभन्दा अगाडि रहेको नेपालको भूभाग नेपालमै फर्काइनु पर्ने अभियानमा सञ्चालन गर्दै आएका छन् ।