५ कार्तिक २०८३, बिहिबार

पोखरामा फिल्म मेकिङ वर्कशप हुँदै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ । फिल्म लेखन र निर्माण सम्बन्धी शैक्षिक कार्यक्रम लिएर देश दौडाहामा रहेको कान्तिपुर फिल्म एकेडेमीको एक हप्ते फिल्म मेकिङ वर्कशप यही भदौ २४ गते देखि २९ गते सम्म पर्यटकीय सुन्दर नगरी पोखरामा हुने भएको छ ।

यो भन्दा अगाडी पोखरामा फिल्म सुटीङ्ग, फिल्म फेस्टीबल, अवार्ड कार्यक्रम तथा फिल्म प्रतिष्पर्धाहरु हुँदै आइरहे पनि यो प्रकारको चलचित्र सम्बन्धी शैक्षिक कार्यक्रम सम्भवतः पहिलो पटक हुन लागेको हो ।

पछिल्लो समय फिल्म निर्माण र प्रदर्शन सम्बन्धी सर्ट फिल्म, डकुमेन्ट्री फिल्म, वेभ सिरीज, म्युजिक भिडियो, टेलिभिजन कार्यक्रम, युट्युव प्रोग्राम, कमर्सीयल भिडियो लगायतका प्लेटफर्ममा पनि राम्रो करियर र कमाई देखिन थालेपछी युवा पुस्तामा फिल्म मेकिङमा थप चासो बढेको पाईएको छ ।

पुर्वको विर्तामोडबाट सुरु भएको वर्कशप ईटहरी, हेटौडा, दाङ्ग, नारायणघाट पछी पोखरामा हुन लागेको हो । पोखरा पछि पनि बुटवल, नेपालगञ्ज हुँदै धनगढीमा पुगेर वर्कशप सकिने बताइएको छ ।