२ कार्तिक २०८३, सोमबार

नेप्सेमा दोहोरो अंकको सुधार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । सोमबार नेप्से १५.९८ अंकले बढेर १२०६.२६ अंकमा पुगेको छ । बजारमा ‘क’ वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.०७ अंकले बढेको छ ।

आज बजारमा कारोबार रकम पनि झण्डै दोब्बरले वृद्धि भएको छ । आइतबार बजारमा ३० करोड रुपैंयाँ बराबरको कारोबार भएको थियो भने आज बजारमा साढे ५४ करोड रुपैंयाँ बराबरको कारोबार भएको छ । आज बजारमा १६९ कम्पनीका १८ लाख ९८ हजार ३०५ कित्ता सेयर ५ हजार ९७१ पटक किनबेच हुँदा ५४ करोड ६० लाख रुपैंया बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मात्रै १० करोड ८३ लाख रुपैंयाँ बराबरको कारोबार भयो ।