मुम्बई । बलिउड अभिनेता सैफ अली खानकी छोरी सारा खानको पहिलो फिल्म नै प्रदर्शन भएको छैन । तर, उनी अहिलेदेखि नै आफूलाई स्टार ठान्न थालिसकेकी छन् ।
साराले अभिनय गरेको पहिलो फिल्म ‘केदारनाथ’ विवादमा रुमल्लिएर स्थगित भएको छ । उनी दोस्रो फिल्म ‘सिम्बा’मा व्यस्त छिन् । यो फिल्ममा उनी रणवीर सिंहको अपोजिटमा छिन् ।
सिम्बापछि साराले आआफ्ना बाबु सैफसँग फिल्म खेल्ने चर्चा चलेको थियो । साराले यो फिल्म खेल्न इन्कार गरिदिएकी छन् । फिल्ममा सैफ र सारालाई बाबुछोरीको रोलमा नै अफर गरिएको थियो । सैफ छोरीसँग स्क्रिन सेयर गर्ने कुराले उत्साहित थिए ।
सारा सैफ अली खानको पहिलो पत्नी अमृता सिंहकी छोरी हुन् । अमृतासँग डिभोर्स गरेपछि सैफले करीना कपूरसँग दोस्रो विवाह गरेका छन् ।
साराले के सोचेर हो, यो फिल्म खेल्न मानिनन् । छोरीले आफूसँग फिल्म खेल्न नमान्दा सैफ अचम्मित बनेका छन् । अब उनले पनि यो फिल्म छोड्न सक्ने अनुमान गरिएको छ । छोरीकै लागि उनले यो फिल्म खेल्ने मुड बनाएका थिए ।
गत वर्ष प्रदर्शित फिल्म ‘हिन्दी मिडियम’को सिक्वेल हो । यसको सुटिङ अर्को वर्ष लन्डनमा सुरु हुनेछ । साराले खेल्न नमानेपछि निर्देशक नयाँ हिरोइनको खोजीमा लागेका छन् । एजेन्सी















प्रतिक्रिया