१२ कार्तिक २०८३, बिहिबार

घरमा कोही नभएको बेला पछ्यौराले मुख र हात बाँधेर किशोरीलाई…

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १८ भदौ । संगै पढ्ने साथीका बुबाबाट १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

एसपी विनोद घिमिरेका अनुसार कैलालीको घोडाघोडी नगरपालिका ६ की ती किशोरीलाई गत बुधबार हर्कबहादुर कुवरले राति घरमा कोही नभएको बेला पछ्यौराले मुख र हात बाँधेर बलात्कार गरेका हुन् ।

‘स्थानीयले गाउँमै मिलाउन खोजेका रहेछन् । सहमति नभएपछि प्रहरीसमक्ष खबर आएको रहेछ’, उनले भने, ‘हाल उनी फरार छन् ।’

किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय सुखडमा शुक्रबार उजुरी दिएपछि कुँवरमाथि जबरजस्ती करणी मुद्धा दर्ता गरी खोजी थालिएको प्रहरी जनाएको छ ।