१२ कार्तिक २०८३, बिहिबार

शिक्षामा लगानी बालुवामा पानी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । सरकारले साक्षरता अभियान घोषणा गरेको एक दशक पूरा भएको छ ।

हरेक वर्ष साक्षर अभियान घोषणा गर्दा दुई वर्षभित्र सबै निरक्षरलाई साक्षर बनाउने सरकारले बताउदै आएको थियो । अभियान संचालन गरेको १० वर्ष पूरा हुदा समेत पूर्ण रुपमा उपलब्धी हासिल गर्न सकेको छैन । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

सरकारले यो वर्ष पनि अबको २ वर्षभित्र सबै निरीक्षरलाई साक्षर बनाउने घोषणा गरेको छ । तर सरकारको सो घोषणा पूरा हुने सम्भावना कम छ ।

देशको राजधानी काठमाडौं समेत पूर्ण साक्षर हुन सकेको छैन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आव २०७५–२०७६ सम्म बाँकी रहेका सबै निरक्षरलाई साक्षर बनाउने निर्णय गरिसकेको छ ।

पछिल्लो तथ्याङक अनुसार मुलुकभर हाल करिब ३ लाख निरक्षर छन् । १५ देखि ६० वर्ष उमेर समूहका ती जनसंख्या ३० जिल्लामा रहेका छन् ।

सरकारले अभियान संचालन गरेको ७७ जिल्ला मध्य ४७ जिल्ला मात्रै साक्षर घोषणा भएका छन् । प्रदेश नम्बर ४ का सबै जिल्ला साक्षर घोषणा भैसकेका छन् । प्रदेश २ को कुनैपनि जिल्ला साक्षर हुन सकेको छैन ।