
काठमाडौं, १७ भदौ । राजधानीस्थित सुन्धारामा आइतबार प्रहरीले सामान्य मानिसलाई समात्न गोली चलाएको छ ।
प्रहरी स्रोतका अनुसार आज मन्यान्ह १२ बजे सादा पोसाकमा खटिएका महानगरीय प्रहरी परिसरको टोलीले किसान राईमाथि गोली चलाएको हो । प्रहरीले एक युवतीले धोका दिएको भन्दै उजुरी दिएपछि उनलाई समात्न गोली चलाएको हो ।
सिटिसी मलको ३ नम्बर गेट नजिक प्रहरीले राईमाथि गोली चलाएका प्रत्यक्षदर्शी तथ मलका सुरक्षागार्ड लंकाबहादुर तामाङले बताए । प्रहरीले उनलाई पक्राउ गर्न केहीबेर खेदेको थियो । यद्यपी प्रहरीले हानेको गोली राईलाई लागेन । राईलाई पक्राउ गर्न प्रहरी असफल भयो ।
तर, प्रहरीले भने सिटिसी मलअगाडी गोली नचलाएको बताएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी बसन्त लामाका अनुसार सिभिलका केटाले बोकेको हेल्मेट खसेर आवाज आएको र हतियार भुइँमा खसेको थियो । उनले मानिसहरुले गोली चलेको अड्कलबाजी मात्रै गरेको बताए ।















प्रतिक्रिया