
काठमाडौं, १७ भदौ । नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले ‘मिस टुरिजम–२०१८’ का विजेताहरु लाई बधाई ज्ञापन गरेको छ । कार्यसमितिको चौधौं पूर्ण बैठकको अवसर पारेर बधाई ज्ञापन गरेको हो ।
नाट्टा सचिवालयमा आयोजित कार्यक्रममा नाट्टाका अध्यक्ष सि.एन. पाण्डे र उपाध्यक्ष संगिता जिरेल वादेले ‘मिस टुरिजम–२०१८’ मनिता पौडेल, फस्ट रनर अप प्रकृति ढकाल र सेकेण्ड रनर अप श्रृति थापालाई खादा लगाई बधाई ज्ञापन गरे ।
सो अवसरमा नाट्टाका अध्यक्ष सि.एन. पाण्डेले यस कार्यक्रमले पर्यटन क्षेत्रमा युवाहरुलाई आकर्षित गर्न महत्वपूर्ण भुमिका खेल्ने विश्वास आफुले लिएको वताए ।
कार्यक्रममा मिस टुरिजमको आयोजक संस्था प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले विगत तीन वर्षदेखि पर्यटन क्षेत्रमा युवा र महिलाहरुलाई आकर्षित गर्दै आन्तरिक र अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मिस टुरिजमको आयोजना गर्दै आईरहेको वताए ।












प्रतिक्रिया